सबैभन्दा नयाँ पार्टी नै नेकपा – प्रचण्ड
२८ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नै सबैभन्दा नयाँ भएको जिकिर गरेका छन् । आउँदो चुनावको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले जेनजी आन्दोलनपछि नयाँ पार्टी बनाउन पहल गरेको सुनाए ।
“जेनजी आन्दोलनपछि सबैभन्दा पहिला राजनीतिक पहलकदमी लिएर नेपाली कम्युनिस्ट पार्टी बनाउने । पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने पहल गर्ने हामी नै भयौँ,” उनले भने । उनले थपे, “सबैभन्दा नयाँ पार्टी कुन हो भन्दा नेपाली कम्युनिस्ट पार्टी । कार्तिक १९ गते निर्माण भएको पार्टी सबैभन्दा नयाँ पार्टी हो ।”