रिजलाइन इनर्जीको आईपीओ आजदेखि खुला


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २८ २०८२
1.6K
SHARES

२८ माघ काठमाडौं । रिजलाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) बिक्री खुलाएको छ  कम्पनीको आईपीओमा बुधबार (माघ २८)देखि आवेदन दिन सकिनेछन् । कम्पनीले पहिलो चरणमा आयोजनाप्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर खुलाएर बाँडफाँट गरिसकेको छ ।

दोस्रो चरणमा सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले फागुन ४ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।