मधेशको मुख्य नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसको हो – सभापति थापा
२ फागुन काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू काठमाडौं ४ मा सहज जित्नसक्ने आधार हुँदाहुँदै पनि सर्लाही ४ मा जोखिम मोलेरै आएको बताएका छन्।सर्लाही ४ रामनगरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले मधेशको मुख्य अङ्ग नै कांग्रेस भएको जिकिर गरे।
उनले भने, मधेशको मुख्य नेतृत्व गर्ने शक्ति कांग्रेस हुनुपर्ने हो। अरू सबै सहायक हुनुपर्ने हो। क्षेत्रीय दलहरू त सहयोगी हुनुपर्ने हो। तर नेतृत्व कांग्रेसले गर्नुपर्ने हो। यही जिम्मेवारी नेकपा एमालेलाई छैन। माओवादीलाई पनि छैन। एमाले र माओवादीको सन्दर्भहरू फरक छ।