सुनको भाउ तोलामा २३ सयले बढ्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ३ २०८२
2K
SHARES

३ फागुन काठमाडौं । नेपाली बजारमा आइतबार (फागुन ३) सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय  रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ ।शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।