धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्छ – नेता पुन
७ फागुन रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले फागुन २१ मा धाँधलीरहित चुनाव भए प्रतिनिधिसभा निर्वाचनबाट नेकपा देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन् । बिहीबार रेल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले यस्तो दाबी गरेका हुन् ।
‘प्रतिनिधिसभा उम्मेदवार पुनले देशभरका १६५ निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी अग्रणी प्रतिस्पर्धामा छ,’ पुनले भने, ‘शान्तिपूर्ण, धाँधलीरहीत र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न भए हामी पहिलो दल बन्छौँ ।’