अधिकारीलाई मन्त्री नबनाएर गल्ती गरेछु – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ९ २०८२
3.5K
SHARES

९ फागुन काठमाडौ ।आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा-काठमाडौ सम्पर्क समितिको उम्मेदावर भेटघाट तथा प्रशिक्षण कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का उम्मेदावर हरिराज अधिकारी ‘कुमार’लाई आगामी निर्वाचनपछि मन्त्री बनाउने प्रतिबद्धता गरेका छन ।

स्वच्छ छवि भएका अधिकारीले अघिल्लो कार्यकालमा जुन खालको भुमिका सदनमा खेल्नु भएको छ , त्यसलाई पार्टीले राम्रोसॅंग लिएको र उहालाई अघिल्लो कार्यकालमा नै मन्त्री बनाउन पर्ने थियो , त्यो समयमा सकिएन अब जिताएर पठाउनु मन्त्री बनाउने जिम्मा मेरो भयो प्रचण्डले भने ।