रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २६ २०८२
1.3K
SHARES

२६ फागुन काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ ।सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी निकाय द फुटबल एसोसियनस (एफए)ले गत फ्रेब्रुअरी १ मा सम्पन्न टोटनहमविरुद्धको खेलबारे रोड्रीले आपत्तिजनक टिप्पणी दिएको जनाउँदै उक्त रकम जरिवाना तिराएको हो ।

एफएले रोड्रीले खेलपश्चात पोस्ट म्याच कन्फेरेन्समा रेफ्री र म्याच अफिसियलहरूको प्रतिष्ठामा आँच आउने र खेलको भावनाविपरीत तरिकाबाट प्रस्तुत भएको पनि स्वीकार गरेको जनाएको छ ।

स्पेनका राष्ट्रिय खेलाडीसमेत रहेका उनले खेलका रेफ्री रोबर्ट जोन्समाथि तटतस्थ नभएको आरोप लगाएका थिए ।  रोड्रीले खेलपछि टोटनहमका डोमिनिक सोलांकेलाई दिइएको विवादास्पद गोलप्रति असन्तुष्टि पोखेका थिए ।