रास्वपालाई सीपीसीको बधाई तथा शुभकामना
३ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकीहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् ।
रास्वपालाई चिनियाँ कम्युनिष्ट पार्टीले बधाई दिएपछि खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्- उक्त सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ।
खनालका अनुसार पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि “साझा भविष्यसहितको समुदाय” निर्माण गर्ने संकल्प दोहोर्याइएको छ।
साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ।