सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक २०२६’मा देशव्यापी वित्तीय सचेतना कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२
1.2K
SHARES

११ चैत काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा साताभर विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ ।‘ग्लोबल मनी विक २०२६’ को नारा ‘स्मार्ट मनी टक्स’लाई सार्थक बनाउने प्रयासस्वरूप बैंकले देशका सातै प्रदेशमा विद्यालय तथा क्याम्पस गरी ८० स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।  बैंकले उक्त अवधिमा डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी विषयमा समेत प्रशिक्षण दिँदै विद्यार्थीहरूको वित्तीय ज्ञान, सीप तथा मनोवृत्तिमा सुधार ल्याउने उद्देश्य राखेको जनाएको छ ।

उक्त कार्यक्रममा एक हजार ९११ विद्यार्थीको सहभागिता रहेको थियो । साथै, विद्यार्थीलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमसम्बन्धी व्यवहारिक रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ७६ जना विद्यार्थीहरूलाई केन्द्रीय कार्यालयमा समेत कार्यक्रम आयोजना गरिएको थियो । यसरी ‘ग्लोबल मनी विक २०२६’ मा बैंकले कुल ५१ वटा कार्यक्रममार्फत दुई ६४७ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ । देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यअनुसार बैंकले डिजिटल माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री पनि प्रकाशन गरेको थियो ।