सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०८२
1.6K
SHARES

१३ चैत काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा रु २ लाख ८१ हजार निर्धारण भएको छ।

महासंघका अनुसार अघिल्लो दिन अर्थात् बिहीबार सुन तोलामा रु २ लाख ८५ हजार ६०० मा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा रु ४ हजार ६०० ले घटेको हो।

त्यस्तै, आज सुन १० ग्रामको रु २ लाख ४० हजार ९१० कायम भएको महासंघले जनाएको छ।