अब निजी क्षेत्रले घुस खुवाउनु र थुनिनु पर्दैन – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
१६ चैत काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग वाणिज्य महासंघका प्रतिनिधिबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा अर्थमन्त्री वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् । ‘निजी क्षेत्रले अब दुःख पाउँदैन । हामी तपाईँहरूको सहयात्री हौँ । अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन र निजी क्षेत्रका मानिस थुनिनु पर्दैन’ उनले अगाडी भने, ‘घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ ।’
आर्थिक बेइमानी गरेमा अब आर्थिक जरिवाना नै गरिने तर उद्योगी व्यापारी थुनिनु नपर्ने उनको भनाई छ । राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा रहेको समेत अर्थमन्त्री वाग्लेले स्पष्ट पारे । नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा सरकार निर्मम हुने उनको भनाई छ ।