६७ सयले बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२
1K
SHARES

१७ चैत काठमाडौं । नेपाली बजारमा मंगलबार (चैत १७) सुनको मूल्य ह्वात्तै बढेको छ ।  नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ६७ सय रुपैयाँले बढेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर चार हजार ८४५ रुपैयाँ पुगेको छ । हिजो चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।