परिवर्तनको लहर : निकोलस पाण्डे टिमतर्फ झुक्दै मतदाताको विश्वास


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२
24.2K
SHARES

१८ चैत काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान निर्वाचन परिदृश्य हेर्दा, एउटा स्पष्ट संकेत देखिन थालेको छ परिवर्तनको लहर सुरु भइसकेको छ। कर्णाली र लुम्बिनी प्रदेशमा उपाध्यक्ष हिम बहादुर बुढा र सहदेव खड्का तथा सदस्य पदहरूमा भएको सर्वसम्मत विजय केवल पद जित्ने घटना मात्र होइन, यो व्यवसायीहरूको मनोविज्ञान र भरोसाको प्रतिविम्ब हो। हिम बहादुर बुडा, सहदेब खड्का, प्रकाश खडका, डिल्लि केसी र सोभिन्द्र चौधरीको निर्विरोध चयनले एउटा सन्देश दिएको छ । व्यवसायीहरू अब स्थिर, सक्षम र परिवर्तनमुखी नेतृत्व चाहन्छन् ।

निर्वाचनको प्रारम्भिक चरणमै देखिएको यस्तो माहोलले निकोलस पाण्डेको टिमप्रति विश्वास झन् बलियो बन्दै गएको संकेत गर्दछ। विभिन्न प्रदेश र प्रतिनिधिहरूबीच भइरहेको छलफल र संवादले पनि मतदाताहरू क्रमशः आफ्नो धारणा परिवर्तन गर्दै निकोलस पाण्डेको पक्षमा उभिँदै गएको बुझ्न गाह्रो छैन।

निर्माण क्षेत्र अहिले भुक्तानी ढिलाइ, नीतिगत अन्योल र प्रशासनिक जटिलताबाट गुज्रिरहेको अवस्थामा, व्यवसायीहरूले अब केवल आश्वासन होइन, कार्यसम्पादन गर्ने नेतृत्व खोजिरहेका छन्। यही सन्दर्भमा निकोलस पाण्डे टिमले प्रस्तुत गरेको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताले मतदातालाई आकर्षित गरिरहेको देखिन्छ।

सर्वसम्मत जितहरूले पुष्टि गरिसकेको छ । यो चुनाव केवल प्रतिस्पर्धा होइन, परिवर्तनको आन्दोलन बन्दैछ।अन्ततः, अहिलेको वातावरण, बढ्दो समर्थन र मतदाताहरूको झुकावलाई हेर्दा निकोलस पाण्डे टिमको विजय यात्रा बलियो र सुनिश्चित दिशातर्फ अघि बढिरहेको देखिन्छ।