सरकारको खातामा तीन खर्ब ७७ अर्ब नगद मौज्दात


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
1.4K
SHARES

२० चैत काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारसँग तीन खर्ब ७७ अर्ब ६१ करोड नगद मौज्दात रहेको छ । यो प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेतको नगद मौज्दात हो ।गत असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ३७ अर्ब ७८ करोड थियो । यसबीचको आठ महिनामा सरकारको खातामा दुई खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ थपिएको छ ।

चालु आवको फागुनसम्ममा सरकारको कुल खर्च नौ खर्ब २६ अर्ब ५९ करोडरुपैयाँ भएको छ । जसअन्तर्गत चालु खर्चमा ६ खर्ब ४२ अर्ब १५ करोड, पुँजीगत खचर्मा ७८ अर्ब ४९ करोड र वित्तीय व्यवस्था खर्चमा दुई खर्ब पाँच अर्ब ९५ करोड रुपैयाँ भएको छ ।

यसैबीच, सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) सात खर्ब ४७ अर्ब २८ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व ६ खर्ब ७६ अर्ब ५९ करोड र गैरकर राजस्व ७० अर्ब ६९ करोड रुपैयाँ परिचालन भएको छ ।