अर्थमन्त्रीको धारणापछि शेयर बजारको आकर्षक बाउन्स ब्याक


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२
741
SHARES

२३ चैत काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेको पुँजीबजारप्रतिको धारणापछि शेयर बजारको आकर्षक बाउन्स ब्याक भएको छ। नेप्से परिसूचक आज ८३.३३ अंकले बढेर २७६०.०२ को विन्दुमा बन्द भएको छ।उच्च अंकले बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज जलविद्युत समूह सर्वाधिक ४.५९ प्रतिशतले बढेको छ।

सोमबार ३४५ कम्पनीका दुई करोड ५१ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँको कारोबार भयो । २६४ कम्पनीको सेयर मूल्य बढ्यो । तीन कम्पनीको सेयर मूल्य घट्यो । एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढ्यो । ती कम्पनीमा उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिद्धि पावर र नेसनल हाइड्रोपावर कम्पनी हुन् । उक्त सर्किट लागेका कम्पनीसँगै सुपरखुदी हाइड्रोसहित पाँच कम्पनीले उच्च रूपमा कमाए ।

सबैभन्दा बढी गुमाउने कम्पनीमा ८.५ प्रतिशतको लक्ष्मी बैंक डिवेञ्चर, सेञ्चुरी डिवेञ्चर २०८८, लक्ष्मी भ्यालु फन्ड २, रिलायन्स स्पिनिङ मिल्स र ९ प्रतिशतको आईसीएफसी डिवेञ्चर २०८८ छन् ।