शेयर बजारमा झिनो अंकको गिरावट


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२
1.6K
SHARES

२४ चैत काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ६१ अंकले घटेर २,७५७ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको हो ।

आज दिनभरिमा ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर, स्वेत गंगा र सुपर खुदीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइनका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै एनआइबिए ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।