फोहोर संकलनमा वार्षिक ७० लाख जोगाउँदै ललितपुर महानगर


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
1.4K
SHARES

३० चैत काठमाडौं । ललितपुर महानरपालिकाले फोहोर संकलनमा वार्षिक ७० लाख रुपैयाँ बचाउने भएको छ ।  डिजेल तथा  पेट्रोलियम सवारीसाधान विस्थापित गर्दै विद्युतीय सवारीसाधन सञ्चालन गर्दै महानगरले वार्षिक ७० लाख रुपैयाँ खर्च जोगाउने मेयर चिरिबाबु महर्जनले बताए। फोहोर संकलन गर्न महानगरले ११ वटा विद्युतीय साधन खरिद गरेको छ । महानगरले ‘इलेक्ट्रिक बुम’ जडित गाडी खरिद गरेको हो ।

यसले फोहोर खन्याउन आवश्यक जनशक्ति न्यूनीकरण गर्नेछ । यस्तै गाडीको अवस्था र रूट अनुगमन गर्ने प्रविधि पनि जडान गरिएको छ ।  ”हामीले सकेसम्म पेट्रोल र डिजेलबाट चल्ने गाडी नकिन्ने नीति नगरसभाबाट अनुमोदन गराएका छौँ,” उनले भने ।

यस निर्णयले वातावरण संरक्षणका साथै महानगरको खर्चमा पनि बचत हुने महर्जनले बताए । डिजेल तथा पेट्रोल गाडीको तुलनामा विद्युतीय सवारी  सञ्चालनमा ल्याउँदा वार्षिक ७० लाख बचत हुने महानगरको प्राविधिक टोलीको अध्ययन छ ।