सुनको भाउमा सामान्य वृद्धि


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३
1.1K
SHARES

३ वैशाख काठमाडौं । आज नयाँ वर्ष २०८३ को तेस्रो दिन वैशाख ३ गते सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २२० रुपैयाँ कायम भएको थियो ।