जनकपुर रिफाइनरीमा आगलागी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ४ २०८३
1.9K
SHARES

४ बैशाख धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गएराति भएको आगलागीबाट १५ करोड रुपैयाँबराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् ।

आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो । यसैबीच, क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । आगलागीको कारण खुलेको छैन ।