इन्धनबाट चल्नेको आयात बढ्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
836
SHARES

८ बैशाख काठमाडौं । चालु आव ०८२/८३ को नौ महिनामा विद्युतीय कार (ईभी) आयातमा १० प्रतिशतले गिरावट आएको छ । गत आवको सोही अवधिमा सात हजार ९६७ युनिट ईभी आयात भएकामा यस अवधिमा सात हजार १७३ युनिटमा सीमित भएको छ ।चालु आवमा कुल १६ अर्ब ६६ करोडबरारबरका ईभी भित्रिएका छन् । यसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आवमा ५० किलोवाटसम्मका २,५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४,०८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५७४ र २०१ किलोवाटमाथिका आठ युनिट ईभी भित्रिएका छन् । यस अवधिमा इन्धनबाट चल्ने कार आयातमा वृद्धि देखिएको छ ।समीक्षा अवधिमा चार हजार १४० युनिट पेट्रोल कार आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो । गत आवको चैतसम्म कुल दुई हजार ७४२ युनिट पेट्रोल कार आयात भएका थिए ।

बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । पछिल्लो समय इन्धन संकट बढ्दै जाँदा ईभीभन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढेको देखिएको हो ।