करेन्ट लागेर महिलाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १७ २०८३
836
SHARES
१७ बैशाख कैलाली । करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३, विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार, पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा उनको गएराति मृत्यु भएको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट