पाँच दिनदेखि काभ्रेपलान्चोक र इलाममा सडक अवरुद्ध


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २५ २०८३
1.2K
SHARES

२५ बैशाख काठमाडौं । काभ्रेपलान्चोक र इलाममा सडक अवरुद्ध भएको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित भित्री कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सलकपुरस्थित लाङखेप हुँदै झापा जाने भित्री कच्ची सडकखण्डमा वर्षाको कारण सडकमाथिबाट पहिरो झरी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाँच दिनदेखि यो सडकखण्ड अवरुद्ध छ ।

काभ्रेपलान्चोक/सिन्धुली सडकखण्ड खुर्कोट–नेपालथोक–कटुन्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन (वीपी राजमार्ग) पूर्ण रूपमा सन्चालन रोक लगाइएको छ । काभ्रे/खुर्कोट–नेपालथोक–कटुन्जेबेसी–सिन्धुली चल्ने वीपी राजमार्ग सडकखण्डमा आउनसक्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै भदौ २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारीसाधन अर्को सूचना नभएसम्म सञ्चालनमा रोक लगाइएको छ ।