सरकारद्वारा एकीकृत स्वास्थ्य सेवा र सुदृढीकरणको नयाँ रणनीति सार्वजनिक
२८ बैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत स्वास्थ्य सेवा र सुदृढीकरणको नयाँ रणनीति सार्वजनिक गरेका छन् । सोमबार आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आधारभूत स्वास्थ्य सेवालाई नागरिक मैत्री र प्रभावकारी बनाउन आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडल कार्यान्वयनमा ल्याइने बताएका हुन् ।
प्रत्येक स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिने, सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवकहरूको संख्या र सेवाको दायरा विस्तार गर्दै उनीहरूको क्षमता अभिवृद्धि गरिने बताएका छन् ।