सेफ सन्तोष साह पक्राउ
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ३० २०८३
2.2K
SHARES
३० जेठ काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो । गएराति उनलाई पक्राउ गरिएको हो ।
साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो । उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन् ।
जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट