अल्जेरियालाई शून्यमै रोक्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १९ २०८३
988
SHARES

१९ असार काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्ड विजयी भएको छ।  अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो।  पहिलो हाफमा १ गोलको अग्रता बनाएको स्विट्जरल्यान्डले दोस्रो हाफमा थप १ गोल गर्‍यो।  दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका हुन्।

त्यसअघि पहिलो हाफको दशौँ मिनेटमै एम्बोलोले पहिलो गोल गर्दै स्विटरज्लयान्डलाई  अग्रता दिलाएका थिए। जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन्। यसअघि गएराति र आज बिहान भएका खेलमा विजयी भएर स्पेन तथा पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका छन्।