आज भारत बन्द
१४ फागुन काठमाडौ । भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायातको संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले आज भारत बन्द र चक्काजामको आह्वान गरेका छन् । कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशन (एआईटीडब्ल्यूए) ले २६ फेब्रुअरी शुक्रबार अर्थात् आज भारत बन्दको आह्वान गरेका छन् ।
यसका साथै राज्यका थुप्रै व्यापारी संगठनले पनि यो मागको समर्थन गरेका छन् । एआईटीडब्ल्यूएले आज बिहान ६ बजेदेखि ८ बजेसम्म चक्का जामको घोषणा गरेको छ ।