पाकिस्तानका प्रधानमन्त्री खानले पाए विश्वासको मत
Capital Headline
प्रकाशित मिति :
शनिबार, फाल्गुन २२ २०७७
6.8K
SHARES
२२ फागुन काठमाडौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत पाएका छन्। सदनको शनिबारको विशेष सत्रमा प्रधानमन्त्री खानले आफ्नो सरकारको पक्षमा बहुमत सावित गरेका हुन्।
प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १७२ मत चाहिन्थ्यो। उनले सदनमा १७८ मत पाएका हुन्।
आफ्नो पार्टीले सिनेटको चुनावमा महत्वपूर्ण सिट गुमाएपछि प्रधानमन्त्री आफैले शक्ति सावित गर्नका लागि सदनको विशेष सत्र बोलाएका थिए।
अर्थ मन्त्री अब्दुल हफीज शेखले हारेपछि खानले राष्ट्रिय सभामा विश्वासको मत लिन पेश गरेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट