४० वर्षपछि जेलबाट छुटे दुर्गाप्रसाद


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
5.9K
SHARES

७ चैत काठमाडौं । आज भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) ४० वर्षपछि थुनामुक्त भएका छन् ।

उनी कर्तव्य ज्यान मुद्दामा थुनामा थिए । जैसीलाई थुनामुक्त गर्न उच्च अदालत कोलकाताले बुधबार साँझ आदेश दिएको थियो ।

दाई प्रकाशचन्द्र तिम्सिनालाई जिम्मा लगाएर जैसी थुनामुक्त भएका हुन् । उनका दाई नेपालबाट कोलकाता पुगेपछि दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया सुरु भएको थियो ।

प्रकाशचन्द्र र कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको जनाइएको छ ।