बस दुर्घटनामा परि १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
3.3K
SHARES

७ चैत एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको  मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा चालकसहित नौ जना पूरुष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।