संसद विघटनको विषयमा भारतले दियो यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८
7.4K
SHARES

१२ जेठ काठमाडौ । अहिले भारतले नेपालमा संसद विघटन र मध्यावधि निर्वाचन घोषणा गर्ने सरकारी कदमलाई नेपालको आन्तरिक मामिला भनेको छ ।

नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे छिमेकी भारत मौन रहँदै आएको थियो । भारतले नेपालको आन्तरिक मामिला भएको बताएको हो ।

नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराव श्रीवास्तवले भने, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ ।’

उनले नेपालको छिमेकी मुलुक र मित्रका हिसावले भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा सहयोग गर्दै आएको उल्लेख गरे ।

उनले आगामी दिनमा भारत सहयोगका लागि प्रतिवद्ध रहेको बताए । ‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ,’ उनले भने ।