सिलिन्डर विस्फोट हुँदा ७ को मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
6.4K
SHARES

१९ जेठ काठमाडौं। भारतको उत्तर प्रदेशको गोंडा जिल्लामा मंगलबार राति सिलिन्डर विस्फोट हुँदा ३ बच्चासहित ७ जनाको मृत्यु भएको छ। अन्य ७ जना गम्भीर घाइते भएका छन्।

स्थानीय वजीरगन्ज क्षेत्रको टिकरी गाउँमा सिलिन्डर विस्फोट भएर दुई घर पूर्णरुपमा क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ। जहाँ १४ जना फसेकोमा प्रहरीले ७ जनाको शव निकालेको र ७ जनाको गम्भीर अवस्थामा उद्दार भएको हो।

मृकमा २ पुरुष, २ महिला र ३ बच्चा रहेका छन्। गम्भीर घाइते ७ जनालाई स्थानीय अस्पतालमा उपचारपछि लखनउ ट्रमा सेन्टर रिफर गरिएको छ।

समाचारअनुसार टिकरी गाउँ निवासरी नुरुल हसनले पटका बनाउने लाइसेन्स पाएका छन्। मंगलबार राति ११ बजे उनको घरमा एकाएक सिलिन्डर विस्फोट हुन पुगेको थियो।

सो शक्तिशाली विस्फोटबाट उनकोसहित अर्को घरमा पनि क्षतिग्रस्त बनेको हो। प्रहरीले विस्फोटको कारण पत्ता लगाउन फोरेन्सिक टीमलाई बोलाइएको जनाएको छ।