चीनबाट आएको खोप यस्ता नागरिकले पनि पाउने
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १९ २०७८
11.5K
SHARES
१९ जेठ काठमाडौं । अब चीनबाट ल्याइएको भेरोसेल खोप चीनसँग सीमाना जोडिएका १८ वर्ष माथिका नागरिकलाई पनि दिइने भएको छ । जेठ २५ गतेदेखि दिन लागिएको भेरोसेल खोप ६० देखि ६४ वर्षका नागरिकसँगै चीनसँग जोडिएका नागरिकलाई पनि दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
खोप वितरणका लागि भोलिदेखि प्रदेशस्थित आपूर्ति केन्द्रमा पठाइने भएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाएर खोप दिन चाँडै खोप तालिका सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट