राष्ट्रपतिको गालामा थप्पड हानियो
२५ जेठ काठमाडौ । अहिले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनको गालामा एक मानिसले थप्पड हानेका छन् । दक्षिणपूर्व फ्रान्सको औपचारिक भ्रमणमा निस्केका बेला एक जनाले उनलाई हानेको भिडियो सामाजिक सञ्जालमा भइरल भइरहेको छ ।
भ्यालेन्स शहर बाहिर टियानआइहर्मिटेजमा म्याक्रोन हिँडिरहेको देखिन्छन । एक मानिसले म्याक्रोनको गालामा थप्पड हानेर विस्तारै हिँडेको थियो ।
यस सन्दर्भमा दुई जनालाई पक्राउ गरिएको फ्रान्सेली समाचारले जनाएको बीबीसीले आफ्नो समाचार बनाएको छ। म्याक्रोनिज्सम मुर्दावाद भन्ने नारा सुनिएको थियो ।