ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा प्रहरी प्रमुखसहित ६ जना घाइते


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८
11.6K
SHARES

४ असार चितवन । अहिले चितवनमा मालबाहक ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित गाईघाटमा मालबाहक ट्रकले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक अन्तर्गत निर्माणाधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी भरतपुर फर्किएको प्रहरीको गाडीलाई काठमाडौंतर्फ गइरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

सबै प्रहरी घाइते भएको र उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।