किमकी बहिनीले दिन् अमेरिकालाई यस्तो चेतावनी


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
8.1K
SHARES

८ असार काठमाडौ । आज उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशका सर्वोच्च नेताले दिएको अभिव्यक्तिलाई गलत अर्थमा नबुझ्न अमेरिकालाई चेतावनी दिएकी छन् ।

जोङले अमेरिकाले किमको अभिव्यक्तिलाई गलत अर्थमा बुझे निराशा मात्र हात लाग्ने बताएकी छन् । उत्तर कोरियाको सत्ताधारी वर्कस पार्टीका वरिष्ठ नेतृ समेत रहेकी जोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘अमेरिका उत्तर कोरियाले दिएका संकेतहरुको गलत अर्थ लगाइरहेको छ ।’

उत्तरकोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनको रिपोर्ट अनुसार जोङले भनेकी छन्ः ‘यस्तो लाग्छ कि अमेरिकाले आफुलाई सान्त्वना दिइरहेको जस्तो गरी स्थितिको आङ्कलन गरिरहेको छ ।’