नेपाल टेलिकमको मोबाइल सेवामा समस्या


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
14.4K
SHARES

९ असार काठमाण्डौं । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखा परेको छ ।लआज बिहानैदेखि काठमाडौंसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, समस्याको मुख्य कारण बारे केही पत्ता लाग्न सकेको छैन ।

मोबाइल सेवामा देखिएको यो समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा नेपाल टलिकमको मोबाइल सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।