अमेरिकामा १२ तल्ले भवन भत्कियो, ६४ बेपत्ता, ३५ जनाको उद्धार
११ असार एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एक १२ तले आवासीय भवन अचानक भत्किएको छ ।
उक्त घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको छ , सम्पर्कविहिन भएका ९९ मध्ये ३५ जनालाई भग्नावशेषबाट निकालिएको छ । उनिहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
१०२ जना मानिसहरु बस्ने उक्त भवन भत्किएको समयमा त्यहाँ कति जना थिए भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । भत्किएको उक्त भवन सन् १९८० बनेको थियो । भवनमा भएका २३० फ्याटमध्ये आधामा क्षति पुगेको छ ।
फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले भत्किएको भवन हेर्दा थप दुःखद समाचारका लागि तयार हुनुपर्ने बताएका छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार उनले ठूलो आवाज सुनेका थिए । उनका अनुसार सुरुमा मोटरसाइकल हो कि भन्ने उनले ठानेको बताएका थिए । तर, पछाडी फर्केर हेर्दा भवन भत्किएको देखेको उनले बताएको छ । बिबिसीले जनाएको छ ।