जातीय विभेदविरुद्ध अखिल (क्रान्तिकारी)काे पर्दशन
१२ असार काठमाडौँ । काठमाडौँको माइतीघरमा अखिल (क्रान्तिकारी)ले पर्दशन गरेको छ । रुपा सुनारलाई जातिय विभेद गर्ने घरबेटीलाई प्रहरी चौकीबाट छुटाएर ल्याएको भन्दै अखिल क्रान्तिकारीले पर्दशन गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले ‘जातिय अहंकारी शिक्षा मन्त्री राजीनामा दे, सबैखाले जातिय विभेद विरुद्व संघर्ष गरौँ’ लगायतका नाराहरु लगाउँदै रुपा सुनारलाई न्याय दिलाउन माग गरेको छ । नाराजुलस पछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले राज्यले नै जातिय विभेद गरेको बताए । दलाल संसदीय व्यवस्थामा यस्ता खालका विभेदहरु हुने भन्दै यसको अन्त्यका लागि संघर्ष गर्न पर्ने अवस्था आएको उनको भनाई थियो । ‘१० बर्षे जनयुद्धमा हजारौँ दलितहरुको सहादत भएको छ । उहाँहरु सहिद भएर ल्याइदिएको गणतन्त्रमा तिनै दलितमाथि विभेद गर्ने ?’ कोणसभालाई सम्बोधन गर्दै ढकालले भने, ‘यस्ता विभेदकारी शिक्षा मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । कुर्सीमा बस्ने नैतिकता गुमिसकेको छ । राजीनामा दिएनन् भने सडकबाटै यसको निकास खोज्छौँ ।’