संसद पुनःस्थापना भए झनै समस्या हुन्छ – पाण्डेय


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
5.5K
SHARES

१५ असार काठमाडौं । नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापनापछि झन् समस्या हुने तर्क गरेका हुन् ।