पाण्डले यसो भनेपछि प्रधानन्यायाधिशको यस्तो प्रश्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
4.6K
SHARES

१५ असार काठमाडौँ । संसद विघटन विरुद्धमाथि परेको मुद्धामा सरकारी पक्षमा बहस गरिरहेका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रश्न गरेका छन् ।

इजलासमा पाण्डलेले प्रधानमन्त्रीले विश्वासको मत आफुले नपाउने भएपछि संसदमा जानु नपर्ने बताए लगत्तै प्रधानन्यायाधीश जबराले विश्वासको मत प्राप्त गर्न र नगर्न संसदमा जानु पर्ने हैन र ? तर, संसदलाई छल्न मिल्छ ?’ भन्ने प्रश्न गरेका हुन् ।

पाण्डले ्प्रधानमन्त्रीले धारा ७६ (३)अनुसार बस्दिन भनेर विश्वासको मत नलिई राष्ट्रपतिकहाँ गएको हो । आफुले विश्वसको मत पाउँदिन भन्ने लागेपछि संसदमा जान नपर्ने आफ्नो तर्क रहेको बताएका थिए ।