एमाले बैठक बस्दै, खनाल–नेपाल समूहद्धारा बहिष्कार


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
10.3K
SHARES

१८ असार काठमाडौ । आज खनाल–नेपाल समूहले उक्त बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ । हिजो  बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको स्थायी कमिटी बैठकले आजका लागि बोलाइएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

अवैधानिक कमिटीले बोलाएको अवैधानिक बैठकमा आफूहरु नजाने र सहमतिको आधारमा २०७५ जेठ २ गतेको कमिटीको बैठक डाक्नुपर्ने माग खनाल–नेपाल समूहको छ ।

बुधवार बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन कमिटीको बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो । रुपान्तरित केन्द्रीय कमिटीको बैठक आजका लागि बोलाइएको हो ।

एमालेका अध्यक्ष केपीशर्मा ओली पक्षले भने कमिटी जेठ २ मा फर्किएको दाबी गर्दै  आएको छ । खनाल–नेपाल समूहले भने आजको बैठक सारेर सहमतिका आधारमा बैठक बोलाउन प्रस्ताव राखेको छ ।

बिहीबार केपी ओली र खनाल–नोपल पक्षका दोस्रो तहका नेताहरुबीच भएको छलफलमा माधव पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सार्न प्रस्ताव राखेका थिए ।  खनाल–नेपाल पक्षले बैठक सार्न र सहमतिका आधारमा बैठक राख्न प्रस्ताव गरेको थियो ।