CDMA प्रबिधिको सेवा बन्द हुने
३ वैशाख काठमाडौ । नेपाल टेलिकमलेआफ्ना ग्राहकहरुलाई समायानुकूल सेवा सुबिधा उपलब्ध गराउने क्रममा २०६२ साल देखि CDMA प्रबिधिमा सेवा उपलब्ध गराउन सुरु गरेको थियो। यस CDMA प्रबिधि अन्तर्गत Fixed Phone (C-Phone),मोवाईल सेवा (SKY PHONE)तथा Data सेवा अन्तर्गत SKY Data र EVDO सेवाउपलब्ध गराई आईएकोमा प्रबिधिमा भएको परिवर्तनका कारण बिश्वबाटै CDMA प्रबिधि बिस्थापन हुने क्रममा रहेकोले नेपाल टेलिकमले समेत हाल CDMA प्रबिधिबाट सेवा उपलब्ध भईरहेका स्थानमा GSM प्रबिधिको सेवा उपलब्ध गराई क्रमसः CDMA सेवा बन्द गर्न लागेकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
हाल CDMA सेवा उपभोग गरिरहनुभएकाग्राहकलाई CDMA प्रबिधिको सेवा बन्द हुने समयमा बैकल्पिक प्रबिधिबाट सेवा उपलब्ध गराउन कम्पनीले यथासम्भव प्रयासगरिरहेको छ, तथापी यसबाट ग्राहकबर्गमा पर्न जाने असुबिधाको लागि कम्पनी क्षमाप्रार्थि छ।
मोवाईल नम्बर रेन्ज सम्बन्धि जरुरी सूचना
नेपाल टेलिकमले९८४XXXXXXX,९८५XXXXXXX,९८६XXXXXXXनम्बर रेन्जमा GSM मोवाईल सेवा र ९७४XXXXXXX,९७५XXXXXXXनम्बर रेन्जमा CDMA मोवाईल सेवा उपलब्ध गराउँदै आएकोमा हाल CDMA मोवाईल सेवाको नयाँ बिक्री बितरण बन्द गरिएको र बिगतमामा CDMA सेवाको लागि प्रयोग भईरहेको ९७४XXXXXXX र ९७५XXXXXXX नम्बर रेन्जमा समेतGSM मोवाईल सेवा उपलब्ध गराउन थालिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।