आजको बैठकमा नेता गौतमले यस्तो भनेपछि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
6K
SHARES

१८ असार काठमाडौं ।आज  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै माधव नेपालसहितको एकता हुनुपर्ने बताए ।

उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

गौतमले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको समेत बताए ।उनले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’

गौतमले माधव नेपालसहितको एमाले एकतामा जोड दिदै महाधिवेशनबाट निर्वाचन हुँदा केन्द्रीय कमिटीमा माधव नेपालका ९ जना मात्र सदस्य कम रहेको स्मरण गराउँदै पार्टी आधा आधा विभाजित अवस्थामा रहेको बताए ।