हस्ताक्षर फिर्ता हुँदैन, बरु राजनीतिबाट सन्यास लिइन्छ – नेतृ झाँक्री
१८ असार काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले सत्ता पक्षले दिएको निर्देशन नमान्ने भएका छन् ।
आज बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकले प्रधानमन्त्रीको पदको लागि सभापति शेरबहादुर देउवालाई दिएको समर्थन दुई दिन भित्र फिर्ता गर्न निर्देशन दिएपछि नेपाल समुहले ओलीको निर्देशन मान्दौनौँ भनी हस्ताक्षर फिर्ता नगर्ने बताएका हुन् ।
नेपाल समुहका २३ जना सांसदहरुले देउवाको समर्थनमा हस्ताक्षर गरेका थिए । नेपाल समुहका नेतृ रामकुमारी झाँक्रीले एक कुराकानीमा बरु राजनीतिबाट सन्यास लिईन्छ , तर हामीबाट राजनीतिमा बेइमानी हुँदैन भन्दै हस्ताक्षर फिर्ता नलिने बताएकी छन् ।
संविधान र व्यवस्था बचाउनको लागि आफूहरुले देउवालाई समर्थन गरेको बताएकी भाँक्रीले ओलीले भन्दैमा हस्ताक्षर फिर्ता नहुने बताएकी हुन् ।