२३ हस्ताक्षर सांसदसँग नेता नेपालको छलफल, फिर्ता नलिने निर्णय


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
11.2K
SHARES

१९ असार काठमाडौ । आज नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट २३ जना ‘सांसद’हरुसँग छलफल गरेका छन्।

हिजो बसेको नेकपा एमालेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ३ दिनको अल्टिमेटम दिएपछि नेता नेपालले शनिबार आफू निकट २३ जना सांसदसँग छलफल गरेका हुन्।

आजको छलफलमा देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने अडान राखिएको छलफलमा सहभागी निवर्तमान सांसद तथा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन्।