अध्यक्ष ओलीलाई नेता नेपालले भने– अदालतको फैसला आउँदासम्म बैठक रोक्नुस्


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
7K
SHARES

१९ असार काठमाडौं ।अहिले  नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसला नआएसम्म केन्द्रीय कमिटीको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसित शनिबार भएको टेलिफोन संवादमा नेता नेपालले यस्तो आग्रह गरेका हुन् ।

शनिबारै बालुवाटारमा बसेको बैठकमा ओलीले आफूहरुको फोन संवादबारे ‘बिफिङ’ गर्दै उक्त जानकारी दिएका हुन् ।

“अदालतको फैसला आउँदासम्म पर्खिनुस् न । बैठक रोक्नुस् । वार्ता गर्न दिनुस्,” नेता नेपालले फोनमा भनेको कुरा ओलीले बैठकमा सुनाए ।