आन्दोलनका लागि तयार रहनुहोस् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
5.3K
SHARES

१९ असार काठमाडौ । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।

एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन  लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जान पर्ने अवस्था आउन सक्छ ।’

आफूलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भइरहेको बताउँदै उनले सिङ्गो पार्टी पङ्क्तिलाई तयारीमा अवस्था राख्नुपर्ने जिकिर गरे । पार्टीको विभिन्न मोर्चामा रहेका नेताहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन ओलीले निर्देशनसमेत दिए ।