ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण – नेता भट्टराई


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २० २०७८
21.7K
SHARES

२० असार काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन नचाहेका टिप्पणी गरेका छन् । एकताका लागि प्रयासरत भट्टराईले शनिवार एमालेले गरेको निर्णयले पार्टी एकतामा थप समस्या निम्त्याउने आशय व्यक्त गरेका हुन ।

उनले एउटै कर्यकालमा दुईदुई पटक संसद विघटन गरेर ओलीले विश्व रेकर्ड राखेको दाबी गरेका छन् । ओलीले एउटै देशमा एउटै कार्यकालमा दुईरदुई पटक संसद विघटन गरेको र अदालतबाट पनि दुईरदुई पटक संसद पाँच वर्षको एउटा कार्यकालमा पुनःस्थापना भएर अर्कोपनि वर्ल्ड रेकर्ड हुने सम्भावना रहेको बताए ।

अहिले नभएको भए १०र१५ वर्षपछि भएपनि कुनै न कुनै शासकले गर्थे,’ भट्टराईले थपे, ‘अहिले नै भयो अब अदालतले यसको व्याख्या गरिदिन्छ र संविधान र मुलुक आफ्नो ट्रयाकमा चल्छझ, भट्टराईले भने ।

ओलीले दुर्भाग्यपूर्ण निर्णय गरेकाले देशभरका एमाले नेता कार्यकर्ता निराश बनेको समेत जनाए ।  सचिव भट्टराईले ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको दाबी गरे ।

पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने उनको प्रस्ताव छ । त्यो कार्यदलले २०७५ जेठ ३ अघिका कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडी बढाउने सुनिश्चित गर्नुपर्ने उनको तर्क छ ।