एमाले विवाद : आज अल्टिमेटमको समय सकिदै , नेपाल पक्ष के गर्दै छन ?


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २१ २०७८
7.7K
SHARES

२१ असार काठमाडौं । एमालेका माधव कुमार नेपाल र झलनाथ खनाल समुहका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ। ओली पक्षीय केन्द्रीय समितिको गत शुक्रबार बसेको बैठकले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी दिएका थिए ।

एमाले अध्यक्ष ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ। यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ। अर्थात ओलीले अव माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्नेछन्।

यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ। सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ।

यो प्रयास असफल भएपछि ओली पक्षले आइतबार साँझ पुन माधव पक्षीय नेता भीम रावललाई बालुवाटारमा बोलाएका थिए।

ओलीको बोलावटपछि नेता रावल बालुवाटार गएपनि उनीहरुबीच के सम्वाद भयो भन्ने खुलेको छैन। तर, नेपाल समुहलाई एकताको लागि अझै पनि समयमा छ। नेपाल समुह भने एकतामा जाला नजाला भरे ५ बजेसम्म हेर्न बाँकी छ।