राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २३ २०७८
9.8K
SHARES

२३ असार काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शितल निवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै दुई घण्टा भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओली १० बजे  शितलनिवास पुगेका थिए।

राष्ट्रपति कार्यालयले या भेटलाई नियमति भनेको छ। ‘राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको यो नियमति भेट हो,’ शितल निवास स्रोतले भन्यो, ‘समसामयिक विषयमा उहाँहरुबीच परामर्श भएको हो।’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई सकिएको छ।

सर्वोच्चको सो विषयमा असार २८ गते सोमबार फैसला सुनाउने तयारी गरेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै दुई घण्टा छलफल भएको हो।